२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु हुँदैन : उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन्।

मंगलाबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गरे। उनले संविधान निर्माणपछि केही महत्वपूर्ण उपलब्धिहरू हासिल भएको र मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको उल्लेख गरे।

'मुलुकमा यावत समस्याहरू छन्। क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीबीचमा ठूलो ग्याप छ। हामी समाधान कहाँ खोजिरहेका छौँ भने संविधानबाटै सबै कुराको समाधान होस् भनेर सबैकुरा संविधान संशोधनमार्फत अहिलेका समस्याहरूको सम्बोधन गर्न खोजिरहेका जस्ता तर्कहरू पनि हामीले सुन्छौँ। त्यो गलत हो भन्ने मलाई लाग्छ,' उनले भने।

मुलुकमा यावत समस्याहरू रहेको बताउँदै क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बीचमा ठूलो खाडल रहेको बताए। संविधानबाटै सबै कुराको समाधान खोज्न नहुने उनको भनाइ छ।

उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वको निम्ति संविधान संशोधन गर्न खोज्दा संसदको स्थिरता वा सरकार र सरकारले अवलम्बन गर्ने नीतिहरूको संगति? भन्नेबारे स्पष्ट हुनुपर्ने बताए। संविधान आफैँमा गतिशील दस्ताबेज भएको जिकिर गरे। संविधानलाई अधिकतम लचिलो बनउनुपर्ने उनको भनाइ छ।

प्रकाशित: २३ पुस २०८१ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App