नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यहरूले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।
आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा स्थायी कमिटी सदस्यहरूले यस्तो सुझाव दिएका हुन्। संगठनात्मक सिद्धान्तको बारेमा बैठकमा छलफल हुँदा अधिकांश सदस्यहरूले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाइ नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न जरुरी रहेको बताए।
बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले युवाहरूलाई प्रशिक्षित र संगठित गर्नेबारेमा पनि सुझाव आएको बताए।
माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आन नै काठमाडौँको एक होटलमा बस्दैछ।
प्रकाशित: २१ पुस २०८१ १२:३३ आइतबार