प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हक्की स्वभावको नेता भएको बताएका छन् । नेपाल राष्ट्रिय व्यावसायिक महासङ्घको कार्यक्रममा बोल्दै कांग्रेस सांसद खतिवडाले व्यङ्ग्यात्मक शैलीमा दाहाललाई यस्तो बताएका हुन् ।
‘म आदरणीय पुष्पकमल दाहाल ज्युलाई अनुरोध गर्न चाहन्छु । तपाईँ हक्की स्वभावको हुनुहुन्छ,’ सभापति खतिवडाले भने, ‘मसँग कुरा गर्दा मनमा पाप राख्नुहुन्न । ओलीसँग गर्दा के गर्नुहुन्छ मलाई थाहा छैन । म त्यतातिर प्रवेश गर्न चाहन्न ।’
त्यसपछि कार्यक्रम स्थलमा हाँसोको फोहरा छुटेको थियो । खतिवडाले भाषण गरिरहँदा दाहाल मञ्चमै थिए ।
प्रकाशित: २० पुस २०८१ १८:३६ शनिबार