राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को दुई दिने केन्द्रीय समिति बैठक शनिवारबाट सुरु भएको छ । शनिवार र आइतबारसम्म गरी दुई दिन चल्ने बैठक स्वयम्भू स्टार ब्याङ्क्वेटमा बिहान साढे ८ बजेबाट जारी छ ।
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसिरहेको हो । रविविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै कार्यवाहक सभापतिको जिम्मा उपसभापति डोलप्रसाद अर्याललाई दिइएको छ ।
यो बैठकमा समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ, स्थानीय तह उपनिर्वाचनको समीक्षा, सङ्गठन समीक्षा र सङ्गठन रणनीति, सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल,संविधान परिमार्जन लगायतका विषयमा छलफल भइरहेको रास्वपाले जनाएको छ ।
तस्बिरहरू: कवीन्द्र बुर्लाकोटी(रास्वपा कार्यवाहक महामन्त्रीको फेसबुकबाट साभार)
प्रकाशित: २० पुस २०८१ १३:२२ शनिबार