२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले नेताले दाहाललाई सचेत पार्दै भने: कु सूचना चाँडो फैलिन्छ !

शेरा दरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नाम जोडिएर चर्चा भइरहेका बेला एमाले नेता विष्णु रिजालले ‘विरोधको शैली बदल्न’ दाहाललाई सचेत गराएका छन् । शनिवार एक अभिव्यक्ति  सार्वजनिक गर्दै एमाले नेता रिजालले प्रधानमन्त्री ओलीको दुष्प्रचारमा रमाउनेले कु सूचना कति चाँडो फैलिन्छ भनेर सचेत रहनुपर्ने भन्दै सुझाएका हुन् । 

‘राजनीतिमा भिन्न मत हुन्छन्, आलोचना–विरोध हुन्छन् । तर, व्यक्तिगत रूपमा चरित्रहत्या गर्ने र बदनाम गर्ने गरी आरोप लगाउने र नागरिकको नकारात्मक मनोविज्ञान बनाउने कुराले कुनै व्यक्ति विशेषलाई मात्र हानी हुन्न, प्रणाली नै कमजोर हुन्छ,’ एमाले नेता रिजालले लेखेका छन्, ‘शेरा दरबार प्रकरणमा सम्भवतः माओवादी अध्यक्ष पुष्पकमल दाहालको संलग्न नहोला । उहाँसँग कुनै बेला काम गरेका व्यक्ति र उनको कम्पनी संलग्न छ ।’

तर, शेरा दरबारमा जोडिएर दाहालको नाम संसदीय समितिमा समेत पुगेको रिजालले उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई हुँदै नभएका व्यक्तिगत आरोप लगाउने, कथित प्रकरणहरूदेखि कम्बोडियामा समेत लगानी छ भनेर दुष्प्रचार गर्ने र रमाउनेहरूले थाहा पाए राम्रो–कु सूचना (डिस्इन्फर्मेसन) कति चाँडो फैलिन्छ । त्यसैले समय फेरिएको छ, विरोधको शैली पनि फेरौँ ।’ 

प्रकाशित: २० पुस २०८१ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App