११ वैशाख २०८२ बिहीबार
image/svg+xml १२:१२ अपराह्न
राजनीति

प्रहरी र कर्मचारी सम्बन्धी विधेयक आउने अधिवेशनबाट पारित हुन्छः मन्त्री सिंह

उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह ले प्रहरी र निजामती कर्मचारी समायोजन सम्बन्धि विधेयक आउने अधिवेशनबाट पारित हुने बताएका छन् । यी दुई विधेयक पारित भएपछि संघीयता अझ बलियो रुपमा कार्यन्वयनको बाटोमा अघि बढ्ने उनको भनाई थियो ।

लहान नगरपालिकाको १५ औं नगरसभालाई शुक्रबार लहानमा सम्बोध नगर्दै उपप्रधानमन्त्री सिंहले भने,‘संघीयताको जग बसालिएको छ अब बलियो बनाउन बाँकी छ । संविधानको अनुसूचीमा भएका व्यवस्थालाई कानुन बनाएर कार्यान्वयन गर्दै गएपछि संघीयताको जग बलियो बन्ने उनको धारणा छ ।

संविधानले नै सहमति, सहकार्य र सहअस्तित्व परिकल्पना गरिसकेको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय सरकारबीच सोही बमोजिमको समन्वय हुनु पर्नेमा उनको जोड थियो । स्थानीय सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर कार्य गर्न उनको आग्रह थियो ।

वर्तमान सरकार सत्तामा पुग्नका लागिमात्र नभई स्थितरताका लागि निर्माण भएको दोह¥याउँदै उनले भने,‘सरकारको ठेगान नै भएन भने भाष्यलाई मेट्नका लागि यो सरकार निर्माण भएको हो । सरकारकै ठेगान नभएपछि जनताको इच्छा आकंक्षा कसले पूरा गर्ने भन्ने निराशालाई चिरेर भरोसा र विश्वास संचार गर्न यो सरकार आएको उनको जिकिर थियो । अहिलेको सरकार यो माइनेमा स्थिर र स्थायी छ कि संसदको पहिलो र दोस्रो दलमिलेर सरकार चलाएको छ, उनले भने,‘यो सरकारले जनतामा भरोसा, विश्वास र विकास दिनेछ ।’

देशकै ठूलो लहान नगरपालिका स्वाभावतः सहर हो । यहाँबाट पहाडी लगायतका जिल्लामा सामान निर्यात हुँदै आएको पाइन्छ उनले भने,‘यो नगरलाई कृषि, पर्यटन र व्यपारको हव सहर बनाउन योजनाबद्ध रुपामा अघि बढ्नुपर्छ । नयाँ सहरी नीति २०८१ अनुसार यो नगरको विकास गर्न चाहिने अवश्यक सहयोग गर्न हामीतयार रहेको उनले बताए ।

प्रकाशित: १९ पुस २०८१ १८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App