२० पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

आलोकनगरमा वामदेवलाई बीचको आसन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले बुधबार (आज) दोस्रोपटक नेकपा एकता अभियानका संयोजक वामदेव गौतमसँग संवाद गरे।

एकीकृत समाजवादीमा समाहित हुने भनिरहेका वामदेवलाई आज एकीकृत समाजवादीको बैठक कक्षको बीचको आसन दिइयो। वामदेलाई वरिष्ठ नेताको पद दिएर तेस्रो वरीयतामा राख्ने एकीकृत समाजवादीको तयारी छ।

वामदेव गौतम।

आजको बैठकमा सम्मानित नेता झलनाथ खनाल भने अनुपस्थित थिए। उनी बाहिरै एक कार्यक्रममा सहभागी थिए।

अध्यक्ष माधवकुमार नेपालसहित उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भुसालसहितका नेताहरू थिए। आजको बैठकमा वामदेवलाई अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालको बीचको आसन दिइएको थियो।

यसपछि खुसी हुँदै बैठक कक्षबाट बाहिरिएका वामदेवले चाँडै एकता हुने भयो भनेर प्रतिक्रिया दिएका थिए।

प्रकाशित: १७ पुस २०८१ २०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App