२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

रास्वपाले संविधान संशोधनबारे धारणा बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनबारे आफ्नो स्पष्ट धारणा बनाउन केन्द्रिय समितिको दुईदिने बैठक थालेको छ। शनिबारदेखि काठमाडौंको एक होटलमा सुरु भएको बैठक आइतबारसम्म सञ्चालन हुनेछ।

बैठकमा पार्टीको वर्तमान राजनीतिक रणनीति, समसामयिक विषयहरू, संगठन सबलीकरण, र जनपक्षीय मुद्दाहरूलाई प्राथमिकताका साथ छलफल भइरहेको पार्टीका सांसद गणेश पराजुलीले जानकारी दिए।

पार्टी सभापतिमाथि आक्रमणबारे पनि छलफल

सांसद पराजुलीका अनुसार पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक आक्रमण र प्रतिशोधका घटनाबारे पनि बैठकमा गहन छलफल हुनेछ। "राजनीतिक प्रतिशोधका कारण पार्टीलाई कमजोर बनाउन प्रयास भइरहेको छ। यस्ता चुनौती चिरेर जनपक्षीय मुद्दाहरूलाई सशक्त रूपमा अघि बढाउनु हाम्रो जिम्मेवारी हो।" उनले भने।

अन्य एजेन्डामा स्थानीय चुनाव र सहकारी समस्या

बैठकमा स्थानीय तहको उपनिर्वाचनका विषय, सहकारी समस्या समाधान, र सहकारी ठगी नियन्त्रणबारे समेत विचारविमर्श भइरहेको छ।

पराजुलीले सरकारको सहकारीसम्बन्धी अध्यादेश २०८१ प्रति असन्तुष्टि जनाउँदै भने, "सहकारी पीडितलाई न्याय दिनुको सट्टा अध्यादेशले ठगीलाई बचाउने र सभापतिलाई फसाउने दफा समावेश गरिएको छ।"

संविधान संशोधनमा स्पष्ट रणनीति बनाउने

बैठकले संविधान संशोधनका विषयमा पार्टीको धारणा र रणनीति तय गर्ने निर्णय पनि गर्नेछ। बैठक आइतबारसम्म चल्नेछ।

प्रकाशित: २० पुस २०८१ १४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App