२४ पुस २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

सदरमुकाम गाईघाटमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

सोमबार दिउँसो गाईघाट बजार स्थित मेनचोक नजिकै स १ त ७८ २१ नम्बरको ट्याक्टरले प्रदेश १–०५–००१ प ७६८४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चालक रौतामाई गाउँपालिका-७ मुर्कृचीका ४० वर्षीय बासु खड्काको ज्यान गएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका हवलदार भुवन राईलेका अनुसार व्यस्त बजारमा भएको दुर्घटनामा गम्भीर घाइते खड्कालाई उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट लगिएको थियो।

तर, अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्याक्टर र चालक त्रियुगा नगरपालिका-४ का क्रान्ति चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ भने घट्नाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: २२ पुस २०८१ १६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App