त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यकक्ष अगाडि धर्नामा बसेका धर्नाकारी र त्रिविबीच सहमति भएको छ।
स्ववियु सचिव सिद्धान्त भट्ट गत मंसिर २६ गतेदेखि धर्नामा थिए। उनी र त्रिवि पदाधिकारीबीच आइतबार ३१ बुँदे सहमति भएको हो।
भट्टको धर्नापछि सहप्राध्यापक प्रमोद पौडेलको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो। यससँगै भट्टले धर्ना तोडेका छन्।
प्रकाशित: १४ पुस २०८१ २०:४८ आइतबार