१७ भाद्र २०८३ बुधबार
image/svg+xml

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ।

उद्धार टोली र औषधिसहित भारतबाट नेपाल आयो पाँचौँ खेपको सहयोग

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग गर्न भारतले पाँचौँ खेपको सहयोग नेपाल पठाएको छ।

तत्कालीन मन्त्री बाँस्कोटाको उपस्थितिमा घोषणा : सात वर्षदेखि अलपत्र पाँच अर्ब ९० करोडको ‘स्मार्ट फिल्म सिटी’

ठुलो लगानीको महत्वाकांक्षी योजना सार्वजनिक हुँदा लमजुङलाई नेपालको चलचित्र हबका रूपमा विकास गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा थियो।

विद्युतका सुरुङभित्र उद्धार चुनौतीपूर्ण

भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९४ जना हराइरहेका छन्।

वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध

नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ।

हिमाचलको सस्तो स्याउले बजार ओगट्दा नेपाली किसानको स्याउ बगैँचामै थन्कियो

बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो। १६ वर्षको मेहनत बगैँचामा फल बनेर झुल्दा पनि बेचैन छ उनको मन।

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ।

सरकारसँगै छैन मानवीय क्षतिको तथ्यांक

रसुवाको भोटेकोसीमा बाढी आएको एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको यकिन तथ्यांक संकलन गर्न सकेको छैन।

इरान युद्धबिच इजिप्ट पुगे राष्ट्रपति सी : मध्यपूर्वमा अमेरिकालाई चुनौती

एक दशकपछि भएको उनको यो भ्रमणलाई चीनले मध्यपूर्वमा आफ्नो प्रभाव थप विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ। क्षेत्रका देशहरूले अमेरिकी सुरक्षा प्रतिबद्धतामाथि पुनर्विचार गरिरहेका बेला सीको इजिप्ट भ्रमणले चीन र अमेरिकाबिचको प्रतिस्पर्धालाई पनि नयाँ कोण दिएको छ।

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका अभ्यासका कारण विपद्को सामना भोग्नुपरेको बताएका छन्।

भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट नौ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ।

यूएस ओपनमा फेरीको यात्रा पहिलो चरणमै समाप्त

विम्बल्डनमा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनल पुगेका बेलायती खेलाडी आर्थर फेरीको यूएस ओपन यात्रा भने पहिलो चरणमै समाप्त भएको छ।

बाढीपहिरोले खाद्य आपूर्तिमा असर: अकासियो उपभोग्य वस्तुको मूल्य

भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीसँगै काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ।

अर्घाखाँची सिमेन्टका कर्माचारीद्वारा बाढी पीडितलाइ छ लाख ७५ हजार सहयोग गर्ने

अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु छ लाख ७५ हजार सहयोग गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्