१७ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्रीद्वारा भारतका पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

मन्त्री डा. राणा आज साँझ काठमाडौंस्थित भारतीय राजदूतावासमा पुगी स्वर्गीय सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन्।

मन्त्री डा. राणाले सो शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा. सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र भएको उल्लेख गरिन्।

उक्त पुस्तिकामा मन्त्री डा. राणाले स्वर्गीय सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गरेको स्मरण गर्दै सो सहयोग र समर्थनका कारण सिहं सधैँ नेपाली जनताको स्मृतिमा रहने पनि बताइन्।

मन्त्री डा. राणाले उनको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको जिकिर गरिन। भारतीय पूर्वप्रधानमन्त्री डा. सिंहको उपचारका क्रममा गत बिहीबार राति ९२ बर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: १४ पुस २०८१ २०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App