२० पुस २०८१ शनिबार
image/svg+xml
समाज

नयाँ वर्षमा पर्यटकले भरिए रौतहट र सर्लाहीका पर्यटकीय स्थल

अंग्रेजी नयाँ वर्षको दिन रौतहट र सर्लाहीका पर्यटकीय स्थलहरू पर्यटकले भरिएका छन्। रौतहटको नुनथर र सर्लाहीको भरत तालमा पर्यटकको भिड देखिएको छ।

नुनथर र भरत तालको दुई जिल्लामा भए पनि नजिकै भएको कारण पर्यटकहरू दुवै ठाउँ भरिभराउ भएका छन्। भारतीय पर्टकहरुका साथै आन्तरिक पर्यटकहरूको रोजाइमा दुई स्थलहरू नै परेका छन्।

मौसम अनुकूल नभए पनि भारतबाट हजारौँको संख्यामा नयाँ वर्ष मनाउन नेपाल भित्रिएका छन्। नयाँ वर्षको दिन बिहानैदेखि गौर र मलंगवा भन्सारमा गाडीको लाइन देखिएका थिए।

विशेष गरी भारतीय पर्यटकहरू नेपालको रौतहटको नुनथर पहाडमा चढ्न तथा भरत तालमा डुङ्गामा रमाउन आउने गरेका छन्। बिहार प्रान्तमा मदिरा निषेध गरिएको हुनाले कतिपय पर्यटकहरू नयाँ वर्षको दिन रमाइलो गर्न पनि रौतहट र सर्लाही आइपुगेका थिए।

मौसम अनुकूल नभए पनि भरत तालमा चालिस हजारभन्दा बढी एक दिनमा पुगेको बागमती नगरपालिका कर्मचारी सन्तोष गदालले बताए। 

प्रकाशित: १७ पुस २०८१ १८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App