१७ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री गोपाल किरातीको नेतृत्वमा 'देशभक्त श्रमिक मोर्चा' गठन

पूर्वमन्त्री गोपाल किरातीको अध्यक्षतामा देशभक्त श्रमिक मोर्चा गठन भएको छ।

मोर्चा संयुक्त पहिचानवादी मोर्चाको जनवर्गीय सङ्गठनका रूपमा रहने अध्यक्ष किरातीले बताएका छन्।

'मजदुर, किसान, सुकुम्वासी तथा लघुवित्त, मिटरब्याजी, सहकारीपीडित जनवर्ग र विस्थापित वर्गलाई संयोजन गर्दै राज्य व्यवस्थाको नेतृत्वदायी तहमा उठाइछाड्ने उद्देश्य साथ मोर्चा गठन भएको छ,' अध्यक्ष किरातीले नागरिकसँग भने।

गत पुस १२ गते पूर्वका चार सङ्गठनहरूका बीचमा एकता भई संयुक्त पहिचानवादी मोर्चा बनेको छ।

प्रा.डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चा, केपी पालुङ्वा नेतृत्वको नेपाल जनमुक्ति पार्टी, डकेन्द्र सिंह थेगिम नेतृत्वको प्रदेश नं. १ पुनःनामाङ्कन अभियान समिति र ज्ञानबहादुर गुरुङ सङ्घीय नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको प्रदेश नं. १ समिति संयुक्त पहिचानवादी मोर्चाको नाममा मोर्चाबन्दी भएका हुन्।

सोही मोर्चाको जवसका रूपमा श्रमिक मोर्चा रहने छ।

यो पनि पढ्नुहोस्

पूर्वका चार सङ्गठनबीच मोर्चाबन्दी

प्रकाशित: १४ पुस २०८१ १८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App