महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुष १९ गते एफपिओ बाँडफाँटको तयारी गरेको हो ।
एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् । ती मध्ये १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुनेछ भने ४७ हजार ५४४ ले मात्र १०-१० कित्ता दरले शेयर हात पार्नेछन् ।
सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जुन आवेदन मागभन्दा ५२.३४ गुणाले बढी हो ।
कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गरेको थियो ।
प्रकाशित: १७ पुस २०८१ १५:४५ बुधबार