२० पुस २०८१ शनिबार
image/svg+xml
अर्थ

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

कारोबार भएको साताको तेस्रो दिन बुधबार शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । सेयर बजार ५.१० अंकले बढेर नेप्से २५८१.६० अंकमा पुगेको छ ।  

यद्यपि कारोबार रकम भने ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँमा खुम्चिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंगलबार नेप्सेमा ५ अर्ब ६७ करोडको कारोबार भएको थियो ।

बुधबार कुल १५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने ४ को स्थिर रह्यो । बैंकिङ क्षेत्रको शेयरमा गिरावट आउँदा फाइनान्समा भने उल्लेख्य वृद्धि देखियो । बैंकिङ सेक्टर सबैभन्दा धेरै ०.७२ प्रतिशतले घट्यो भने फाइनान्स ३.८७ प्रतिशतले बढ्यो ।

विकास बैंक १.६८, हाइड्रोपावर १.२४, होटल तथा पर्यटन ०.९५, व्यापार समूह ०.६३, उत्पादन ०.२५, निर्जीवन बिमा ०.२२ र लगानीमा ०.०९ प्रतिशतको वेद्धि देखियो । जीवन बिमामा ०.०६, माइक्रोफाइनान्समा ०.१६ तथा अन्य समूहमा ०.४१ प्रतिशतको गिरावट आयो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, जानाकी फाइनान्स, त्रिशुली जलविद्युत् कम्पनी, प्रभु बैंक र नेपाल फाइनान्स अग्रस्थानमा रहे । 

प्रकाशित: १७ पुस २०८१ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App