१७ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

नेतृत्वलाई राईको खबरदारी- माथिबाट कोही न कोहीले चेप्ने प्रवृत्ति अनुभूत गरेका छौँ, त्यस्तो नहोस्

'०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई कसैले रोक्न सक्दैन'

नेकपा (माओवादी केन्द्र), कोशी प्रदेश सचिवालय सदस्य तथा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले पार्टीमा गुट बन्न नहुने भन्दै केन्द्रीय नेतृत्वलाई खबरदारी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित माओवादी केन्द्र, सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिको पाँचौँ सम्मेलनलाई सम्बोधन गर्दै राईले खबरदारी गरेका हुन्।

'केन्द्रबाट कोही न कोहीले चेप्ने प्रवृत्ति अनुभूत गरेका छौँ । यदि माथि त्यस्तो भएन भने तल त्यसको प्रभाव नै पर्दैन। खबरदार ! माथिबाट त्यरी चेप्ने काम नहोस्,' राईले भने।

यस्तै उनले आउँदो केन्द्रीय कमिटी बैठकबाट जनताको कार्यक्रम पारित हुनुपर्नेमा जोड दिए। उक्त बैठकबाट देश र जनताको कार्यक्रम पारित भए ०८४ को आवधिक निर्वाचनमा माओवादी केन्द्रलाई कुनै पनि शक्तिले नछेक्ने दाबी गरे।

'२१ गतेको बैठकबाट देशभरका नेता, कार्यकर्ता र जनतालाई उत्साहित पार्ने कार्यक्रमहरू पारित भए, साङ्गठनिक रूपमा सुधार हुने कार्यक्रमहरू पारित भए भने आउँदो निर्वाचनमा माओवादी केन्द्रलाई कुनै पनि शक्तिले रोक्न सक्दैन,' राईले भने।

फरक प्रसङ्गतमा राईले सोलुखुम्बुमा माओवादी केन्द्रको उपस्थिति बिना कुनै पनि निर्णय हुन नसक्ने अवस्था रहेको दाबी गरे। जिल्लामा कार्यक्रमिक र साङ्गठनिक रूपमा पार्टी पहिलो रहेको उल्लेख गर्दै उनले भने, 'विकास निर्माणका काममा पनि माओवादी केन्द्र पहिलो पार्टी हो। स्थानीय विकासका हिसाबले माओवादी केन्द्र पहिलो पार्टी हो।'

प्रकाशित: १३ पुस २०८१ १८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App