नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय आर्थिक नीति तथा योजना विभागलाई विस्तार गर्दै १० जना सदस्य मनोनयन गरेका छन् । केन्द्रीय सदस्य गोविन्द्रराज पोखरेल प्रमुख रहेको आर्थिक नीति तथा योजना विभागमा सभापति देउवाले बिहीबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) सदस्यहरूको मनोनयन गरेका हुन् ।
मनोनीत सदस्यमा धनुषाका विनय कुसियत, काठमाडौंका रश्मि राज भण्डारी, रोल्पाका सुदन ओली, लमजुङका ईसा घर्ती, ओखलढुंगाका रेवतबहादुर कार्की, धादिङका प्रताप छत्कुली, कैलालीका राजेन्द्रवीर चन्द, सुर्खेतका अमरबहादुर रोकाय, धादिङका राजकुमार त्रिपाठी र ललितपुरका होमप्रसाद घिमिरे छन् ।
प्रकाशित: ११ पुस २०८१ १२:४० बिहीबार