२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

दुई महिनामा पनि सकिएन रविको अनुसन्धान, आठौँपटक अदालतमा पेश गराइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्रीरवि लामिछानेलाई मंगलबार आठौँ पटक म्याद थपका लागि अदालतमा पेश गरिँदैछ। 

कास्की प्रहरीले दिएको जानकारी अनुसार सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन अध्ययन गर्न समय लाग्ने भएपछि ४ दिनको म्याद थप गर्न अदालतमा पेश गर्न लागिएको हो।

 गत कात्तिक २ गते पक्राउ परेको लामिछाने ६१ दिनदेखि हिरासतमा छन्। यसपटकको म्याद सम्भवतः अन्तिम पटक हुने जनाइएको छ। 

उनी जोडिएको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा ५१ जनालाई प्रतिवादी बनाइएकाे छ। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान जारी छ। 

१ अर्ब ५१ करोड ४० लाखको बिगो मागसहित प्रहरीले प्रतिवेदन तयार गरेर सरकारी वकिल कार्यालयलाई बुझाएको छ। 

प्रकाशित: २ पुस २०८१ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App