सभामुख देवराज घिमिरेले विद्यालयलाई खेलाडी उत्पादनको प्रमुख स्थान भएको बताएका छन्। शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले विद्यालय क्षेत्रमा खेलकुदलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका हुन्।
अहिले अभिभावकहरूले पनि आफ्ना सन्तानलाई खेलकुदमा लगाउन थालेको उल्लेख गर्दै उनले यसमा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे। सभामुख घिमिरेका अनुसार, खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरी विद्यार्थीलाई आकर्षित गर्नुपर्छ।
उनले भने, “खेलाडीहरू उत्पादन हुने श्रोत वा मुहान नै विद्यालय हो। त्यसबाट यसलाई अघि लैजानुपर्छ।” उनले खेलकुदलाई राज्यले पनि ध्यान दिनु जरुरी रहेको धारणा राखेका छन्।
प्रकाशित: २९ मंसिर २०८१ १६:४९ शनिबार





