२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

हर्क साम्पाङ भन्छन्- दलहरूको एजेन्डा मलाई असफल बनाउनु हो

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दलहरूको एजेन्डा नै आफूलाई असफल बनाउनु रहेको आरोप लगाएका छन् ।

बिहीबार धरानमा पत्रकार सम्मेलन आयोजना गरेका हर्कले भने, 'दलहरूको एजेन्डा भनेकै हर्क साम्पाङलाई असफल बनाउनु हो ।'

धरानमा बन्ने भनिएको विमानस्थलबारे पत्रकारहरूले सोधेको प्रश्नमा हर्कले भने, 'पैसा नभएर विमानस्थलको कम सुरु हुन नसकेको हो । पैसा हुनासाथ काम सुरु हुन्छ । माथिबाट पैसा मागेको छु तर, पैसा दिएका छैनन् । हर्क साम्पाङ सफल भयो भने हामीलाई डर हुन्छ भनेर पैसा नदिएका हुन् । दलहरूको एजेन्डा नै त्यही हो ।'

फरक प्रसङ्गमा हर्कले आफू नडराइकन बोल्ने बताए । 'नडराइ बोल्नु, कसैको सामु नझुक्नु र सीधा-सीधा बोल्नु भनेको मेरो विशेषता हो । यो हर्कवाद हो, यही हो हर्कपथ । म चेञ्ज हुन्न, म यस्तै हो,' उनले भने ।

प्रकाशित: २० मंसिर २०८१ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App