सङ्घीय संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी भएका छन्।
संसद् भवनमा सोमबार अपराह्न ४ बजे सुरु भएको बैठकमा उनी उपस्थित भएका हुन्।
यसअघि सङ्घीय संसद्को पहिलो बैठकमा भने प्रधानमन्त्री शाह अनुपस्थित रहेका थिए।
आजको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपति पैडेलले सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्दै सरकारको भावी योजना र प्राथमिकताहरू प्रस्तुत गरिरहेका छन्।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू, संवैधानिक निकायका प्रमुख तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
प्रकाशित: २८ वैशाख २०८३ १६:२० सोमबार





