राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
सिंहदरबार स्थित संसद् भवनमा सोमबार अपराह्न सुरु भएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले सरकारको वार्षिक कार्यदिशा सार्वजनिक गरेका हुन्।
आजैदेखि सङ्घीय संसद्को नयाँ अधिवेशन प्रारम्भ भएको हो। संयुक्त बैठक बस्नुअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरू सम्पन्न भएका थिए।
संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष बजेट ल्याउनुअघि संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गर्दछ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरू, सांसदहरू, विभिन्न संवैधानिक निकायका प्रमुखहरू र कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
राष्ट्रपतिको सम्बोधन सकिएलगत्तै यस ‘नीति तथा कार्यक्रम’ माथि दुवै सदनमा छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।
प्रकाशित: २८ वैशाख २०८३ १६:२९ सोमबार


-600x400.jpg)


