१७ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कीर्तिपुरमा एमालेलाई माओवादीले उछिन्यो, राजमान चौथो स्थानमा

काठमाडौंको कीर्तिपुर नगरपालिकामा एमालेलाई माओवादी केन्द्रले उछिनेको छ ।

जारी मतगणनाअनुसार माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन ४११९ मतसहित दोस्रो स्थानमा रहँदा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर ३९९७ मतसहित तेस्रो स्थानमा छन् ।

कांग्रेसका कृष्णमान डंगोल भने धेरै अघि छन् । उनले ५०६९ मत प्राप्त गरेका छन् । 

ठूला दलका मुख्य प्रतिस्पर्धी मानिएका स्वतन्त्र उम्मेदवार राजमान मानव भने १८७६ मतसहित चौथो स्थानमा छन् ।

प्रकाशित: १७ मंसिर २०८१ २१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App