मदन-आश्रित स्मृति प्रतिष्ठानले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकासको बारेमा विचार गोष्ठी आयोजना गर्ने भएको छ।
देशमा व्याप्त राजनीतिक अन्यौलताका बिचमा प्रतिष्ठानले मंगलबार राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा गोष्ठी गर्न लागेको हो। एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने प्रतिष्ठानले जनाएको छ।
कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा, नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, एमाले केन्द्रीय सदस्य सुनिता डङ्गोल लगायतका वक्ता रहने छन्। सो कार्यक्रमले राजनीतिक निकासको मार्ग प्रशस्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १४ पुस २०८२ ११:४३ सोमबार



-600x400.jpg)

