२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

कप्तान सूर्यकुमारको अर्को लक्ष्यः ओलम्पिकको स्वर्ण जित्ने

भारतीय टी–२० क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवले आफ्नो अर्को लक्ष्य सन् २०२८ मा हुने एलए ओलम्पिक स्वर्ण जित्नु रहेको बताएका छन्।  

आइतबार घरेलु मैदानमा न्यूजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जित्यो। खेलपश्चात् पत्रकार सम्मेलनमा बोल्दै कप्तान सूर्यकुमारले आफ्नो अर्को लक्ष्यको बारेमा बताएका हुन्।  

'आजसम्मको यात्रामा यो धेरै विशेष रह्यो। टोलीको रूपमा हामीले जे हासिल गरेका छौं त्यो तपाईँको अगाडि (ट्रफी) छ जस्तो लाग्छ। त्यसैले, म धेरै खुसी छु अब हाम्रो अर्को लक्ष्य ओलम्पिक स्वर्ण जित्नु हो' सूर्यकुमारले भने।  

आइतबार उपाधि जित्दा भारतले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकपको उपाधिको जितेको हो। सुपर 'एट' अन्तर्गत दक्षिण अफ्रिकासँग मात्र पराजय भोगेको भारतले आफनै मैदानमा विश्वकपको उपाधि जित्ने पहिलो टोली समेत हो।

प्रकाशित: २५ फाल्गुन २०८२ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App