जाजरकोटको नलगाड नगरपालिकामा माओवादी केन्द्रकाे अग्रता देखिएको छ।
निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार उपप्रमुख पदका लागि भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने २ हजार ७२१ मतसहित अगाडि छिन्।
उनलाई पछ्याइरहेकी कांग्रेसकी इन्द्रा चन्द (सिंह) ले १ हजार ७५३ मत प्राप्त गरेकी छिन्। पछिल्लो नतिजा अनुसार नलगाड नगरपालिकामा नेकपा एमाले तेस्रो स्थानमा छ। एमालेकी सुनिता बोहराले १ हजार ४०३ मत पाएकी छिन्।
उता, जाजरकोटको कुसे गाउँपालिका–७ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका खम्बबहादुर सिँह ३४७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
कुसेमा माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरे। नेकपा एमाले तेस्रो स्थानमा भएकाे छ। एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार डम्वरबहादुर घर्तीले २५२ मत पाएका छन्।
प्रकाशित: १७ मंसिर २०८१ ०६:१५ सोमबार