रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री निर्वाचित भएका छन्। उनले ५९० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका जसिराम बस्नेतले ५३७ मत पाए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ एक हजार १४६ मत खसेको थियो।
प्रकाशित: १६ मंसिर २०८१ २२:११ आइतबार





