ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि सुरु भएको मतदानमा मध्यान्ह १२ बजे सम्ममा ५ सय ३५ मत खसेको छ। सिकैचाको उपनिर्वाचनमा १ हजार ५ सय २८ मतदाता रहेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दलबहादुर तामाङका अनुसार सरस्वती मावि कुञ्जारी मतदान स्थलमा ३ सय ३९ मत र दुर्गा मावि ओसे मतदान स्थलमा १ सय ६६ मत खसेको हो। सरस्वती मावि कुञ्जारी मतदान स्थलमामा १ हजार २६ र दुर्गा मावि ओसे मतदान स्थलमा ५ सय २ मतदाता रहेका छन्।
प्रतिशतका हिसाबले कुञ्जारी मतदान स्थलमा ३५ प्रतिशत र ओसे मतदान स्थलमा ३३ प्रतिशत मत खसी सकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ५ राजनीतिक दलका ५ उम्मेदवार रहेको त्यहाँ नेपाली काँग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बू,नेकपा एमालेका कुमारी साउदेन,नेकपा (माओवादी केन्द्र) का अम्बि साउदेन,राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बू उम्मेदवार छन्।
प्रकाशित: १६ मंसिर २०८१ १२:४२ आइतबार





