६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल संवत ११४५ लाई भव्य रुपमा मनाऔँः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनु सबैलाई आह्वान गरेका छन्।  

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्षका रुपमा मनाउनुपर्ने बताए। उनले न्हुदय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्त हुने विश्वाससमेत व्यक्त गरे।  

उपप्रधानमन्त्री सिंहले भने, ‘उपस्थित सम्पूर्ण महानुभावहरुलाई आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्ष हामी मनाउँदै छौँ। न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाई, दिदिबहिनी सबैलाई र नेपालमा मात्र नभइ विदेशमा बस्नेहरुलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु। सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ।’

उनले सबै मिलेर नेपाल संवत ११४५ लाई प्रशंसा गर्न लायक बनाउनुपर्ने धारणा राखे। 

प्रकाशित: ६ कार्तिक २०८१ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App