२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा (तस्बिरसहित)

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित नवकन्या (९ जना कन्या) को  विधिपूवर्क पूजा गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यसवर्षको बडा दशैँका अवसरमा शुक्रबार नवकन्याहरूको पूजा गरेका हुन् ।  

बडादशैँका अवसरमा नवदुर्गाको अवतारस्वरूप  राष्ट्रप्रमुखले नवकन्याहरूको पूजा गर्ने परम्परा छ ।  

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।  

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत दिएका थिए । 

प्रकाशित: २५ आश्विन २०८१ १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App