१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री लेखक–यातायात व्यवसायीबिच छलफल

गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, यातायात मजदुर सङ्गठनबिच बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग  सडक पुनः सञ्चालन गरी यात्रा सहज बनाउने छलफल भएको छ।

बुधबार गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ÷संगठनका पदाधीकारीहरुबिच विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला सुरक्षित यात्राका विषयमा सकरात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

'विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ।' वरिष्ठ उपाध्यक्ष सिटौला भने, 'बीपीराजमार्ग अन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।'

गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरूलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले बताए।

'अवरुद्ध यातायात सञ्चालनदेखि मजदुरलाई राहत र चाडपर्वका बेला सुरक्षित यात्रा लगायतका विषयमा छलफल भयो।' उनले भने,'हामीले सवारीचेकँजाच लगायतका विषयमा पनि मन्त्रीज्यूसित आफ्नो कुरा राखेका छौँ।'

मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी समेत सक्रिय रहेको बताए।

'पृथ्वी राजमार्गको झ्याप्ले लगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक र प्रहरी परिचालन गरिएको छ।' उनले भने, ' चाडबाडका बेला आएको विपद्को सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौँ।'

प्रकाशित: १६ आश्विन २०८१ १७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App