३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. अर्याल, ३ सदस्य पनि नियुक्त

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.डिल्लीराज अर्याललाई नियुक्त गरेको छ।

आज बसेको मन्त्री परिषद बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए। अर्याल गुल्मीस्थित मालिका गाउँपालिका ८ का हुन्।

यस्तै बैठकले ३ जना सदस्य समेत नियुक्त गरेको छ। सदस्यहरूमा रोल्पाका डा.सुदनकुमार वली, दाङका भुवन चौधरी र रुपन्देहीका शान्ता देवि ढकाल नियुक्त भएको मन्त्री न्यौपानेले जानकारी दिए।

यस्तै मन्त्री परिषद बैठकले दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र स्थानान्तरणका लागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। यो पालिकाको केन्द्र पालिकाको वडा नम्बर–४ स्थित चिराघाट भन्ने स्थानमा कायम छ। यो स्थान बाट स्थानान्तरण गरि जुम्लेकुलामा केन्द्र तोक्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको मन्त्री न्यौपानेले जानकारी दिए।

गाउँपालिकाको १५ औं गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास भएको थियो। यस्तै गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहर बीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागी नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रकाशित: ३१ भाद्र २०८१ ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App