१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

डोली विभागमा नेतृत्व परिवर्तन: महेशचन्द्र बने महानिर्देशक

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास विभाग (डोली) मा नेतृत्व परिवर्तन गरेका छन्।

सिंहले डोलीका उपमहानिर्देशक महेशचन्द्र न्यौपानेलाई विभागको महानिर्देशकको जिम्मेवारी दिँदै वर्तमान महानिर्देशक इश्वरचन्द्र मरहट्ठाललाई मन्त्रालयमै महाशाखा प्रमुखको भूमिकामा सरुवा गरेका हुन्।

साथै, सस्पेन्सन ब्रिज डिभिजनको प्रमुखको जिम्मेवारी रामेश्वर मरहट्ठालाई सुम्पिएको छ। यसअघि उक्त डिभिजनका प्रमुख कुमार थापा ५८ वर्षको उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए। जसपछि डिभिजन प्रमुखको पद रिक्त थियो।

त्यस्तै, सहसचिव भिमार्जुन पाण्डेलाई प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको प्रमुख बनाइएको छ भने शम्भु कार्कीलाई डोलीको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ।

केही दिनअघि मात्र मन्त्री सिंहले भवन विभागका महानिर्देशक समेत परिवर्तन गरेका थिए।

प्रकाशित: २४ भाद्र २०८१ १८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App