१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

पहिलो पटक सत्तारूढ दलको बैठक सुरु (तस्बिरसहित)

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

सत्तारुढ दलका शीर्ष नेताहरु सहितको बैठक सुरु भएको छ । सरकार गठन भएको झण्डै २ महिनापछि सत्तारुढ दलहरुको संयुक्त बैठक पहिलो पटक बसेको हो । 

बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको हो । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् । 

बैठकमा सरकार सञ्चालन, सरकारको नीति तथा कार्यक्रम, संसद्को चालु अधिवेशन अन्त्यलगायत समसामयिक विषयमा कुराकानी भइरहेको एक नेताले नागरिकलाई जानकारी दिए । 

तस्बिर : प्रधानमन्त्रीको सचिवालय
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: २४ भाद्र २०८१ १७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App