१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

वरीयता क्रम मिचेर मुख्यसचिव नियुक्त गर्दा सचिवहरू आतंकित भए: सांसद तामाङ

नेकपा(माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले सरकारले वरीयता क्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण नेपाल सरकारका सचिवहरू आतंकित भएका बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद तामाङले सरकारको मुख्य काम थिति बसाल्ने र कानुनको कार्यान्वयन गर्ने भए पनि त्यसो हुन नसकेको बताए । उनले सरकारले वरीयता क्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण नेपाल सरकारका सचिवहरू आतंकित हुनु परेको बताए।

उनले अन्य नियुक्तिहरूमा पनि वरीयता क्रम मिच्ने काम भएको बताए। उनले प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरू भइराखेका बताए । उनले मुलुकमा सबैतिर बेथिति र अराजकता बढेको बताए ।  

उनले जनताको अधिकारलाई कुण्ठित गरेर ०४७ सालको संविधानतिर अग्रसर हुने गरी संविधान संशोधन गर्न माओवादी केन्द्रले नदिने बताए।उनले कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्ने गरी संशोधन हुन्छ भने आफूहरू तयार रहेको बताए । 

प्रकाशित: २४ भाद्र २०८१ १६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App