१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

शून्य समयमा कुन सांसदले के विषय उठाए ?

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले जनसरोकारका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्यहरुले जनसरोकारका विभिन्न विषयहरूमाथि सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनीहरुले राष्ट्रिय राजनीति, समसामयिक विषय र आ–आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका कामहरुका बारेमा बोलेका थिए।

बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य मिना तामाङले वर्तमान सरकार अघिल्लो सरकारले उठाएको एजेण्डाहरु ढाकछोप गर्न केन्द्रित भएको बताइन्। उनले सरकारले आफू अनुकूल राज्य संयन्त्र र निकायहरुको फेरबदल गरेको कारण जनता निराश बनेका जिकिर गरिन्।

प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बागमती नदी किनारामा दायाँ बायाँ २० मिटर छोडेर मात्रै भवन निर्माण गर्नुपर्ने फैसला सर्वोच्चबाट हुँदा लाखौं मानिस प्रभावित भएका भन्दै सो फैसला अव्यवहारिक भएको बताए। उनले सो फैसला पुनरावलोकनमा जानुपर्ने धारणा राखे।

प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले सत्तारुढ दलका नेताहरुले विभिन्न विवादित अभिव्यक्ति दिइरहेका भन्दै यसतर्फ संसद्को ध्यानाकर्षण गराए। उनले चितवनको कृषि विश्वविद्यालयमा पढाइ ठप्प हुँदा पनि सरकार रमिते बनेको उल्लेख गरे।

प्रतिनिधिसभा सदस्य रमा कोइराला पौडेलले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले बाल श्रम गराएको भन्दै कानुनी कारबाही गर्नुपर्ने बताइन।

प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य वृद्धि भएको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरे।

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले सर्वोच्च अदालतले नदी किनारामा दायाँ बायाँ २० मिटर छोडेर संरचना बनाउनुपर्ने फैसलाले सम्बन्धितलाई मर्का परेको बताए। उनले सरकार यस फैसला पुनरावलोकनमा जानुपर्ने धारणा राखे।

प्रकाशित: २४ भाद्र २०८१ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App