१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन

सरकारले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार बसेको शीर्ष नेताहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। जसमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू सम्मिलित छन्।

कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवद्वदय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।

सरकारको न्यूनतम साझा कार्यक्रमबारे अन्य सत्तारुढ दलहरूसँग पनि छलफल गर्ने निर्णय भएको छ। जसका लागि आज सत्तारुढ दलको बैठक बोलाइएको छ।

प्रकाशित: २४ भाद्र २०८१ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App