३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

खान्कीमा छिर्‍यो एआई

यस्ताे पनि!

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले रेस्टुराँका सञ्चालकलाई कसरी सघाउन सक्छ? अहिले यसमा धेरै प्रयोगहरू भइरहेका छन्। हालै युनाइटेड अरब इमिरेट्सको डोडो पिज्जाको मेनु डेभलपमेन्ट हेड स्पार्तक अरूतयुनयानले च्याटजिपिटीलाई उम्दा पिज्जा रेसिपी बनाउने आदेश दिए। र, यस्तो रेसिपी बन्यो कि सर्वसाधारणले साँच्चिकै रुचाए। त्यसयता जिपिटी पिज्जाका रूपमा यो चल्तीमा छ। त्यसो त एआईले सुझाएका अन्य केही पिज्जाले भने कहिल्यै मेनुमा ठाउँ पाएनन्।

अर्को रेस्टुराँका डेलास भेल्भेटका भेनेसिया विलिसले यसरी नै एआईलाई भनेर नयाँ मेनु बनाएकी थिइन्। टाकोजको तीन रेसिपी उनलाई यति मन प¥यो कि पछि त्यसलाई बजारमा ल्याइन्। एक सातामा नै २२ हजार प्लेट टाकोज बिक्री भए।

‘के बनाउने भन्ने दिमागमा आएन भने र तपाईंले एआईलाई सोध्नुभयो भने उसले केही न केही नयाँ बताइदिन्छ,’ भेनेसिया भन्छिन्, ‘यसको अर्थ पूरै उसैमा भरोसा गर्नु चाहिँ खतरनाक पनि हुनसक्छ।’ उनलाई पनि एआईले दिएका कयौँ मेनु उति मन परेको थिएन। कयौँमध्येबाट एकादुई भने काम लाग्ने खान्की तयार भएको थियो।

सियाटलस्थित युनिभर्सिटी अफ वासिंगटनकी भाषा विज्ञानकी प्राध्यापक एमिली बेन्डर भन्छिन्, ‘धेरैले एआईको च्याट बट चमत्कार नै हो जस्तो ठान्छन् तर त्यस्तो हुँदैन। उसले जे दिन्छ, त्यो इन्टरनेटमा पहिल्यै हुन्छ, उसले नयाँ बनाएर दिने होइन।’

उता दुबईको डोडो पिज्जाका सञ्चालक स्पार्तक एआईलाई एउटा रोचक टूलका रूपमा प्रयोग गर्न सकिने तर त्यसैलाई भगवान् भने मान्न नहुने धारणा राख्छन्।

उता सिंगापुरमा बसिरहेका इटालियन स्टिफेनो कान्टुले सेफ जिपिटी एप बनाएका छन्। यस्तो एपले तपाईंको फ्रिजमा भएका सामग्रीका आधारमा के पकवान बनाउन सकिन्छ भनी सुझाव दिन्छ।

च्याट जिपिटीलाई खान्की र रेसिपीबारे सोध्दासोध्दै उनलाई सेफ जिपिटी बनाउने सोच उत्पन्न भएको थियो। अहिले नै यसका ३० हजार प्रयोगकर्ता छन्। एआई एउटा रोचक टूल हो, यसलाई कसरी सदुपयोग गर्ने, त्यो चाहिँ प्रयोगकर्तामा भर पर्छ।

प्रकाशित: १ आश्विन २०८१ ०७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App