३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

बागमती प्रदेश सभाको बैठक असोज ६ मा बस्ने

बागमती प्रदेश सभाको बैठक यही असोज ६ गते बस्ने भएको छ। प्रदेश सभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई  पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएकोे सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

गत भदौ १३ गते बसेको प्रदेश सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ‘प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्दै प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको थियो।

यस्तै, उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकले ‘प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ पारित गरी प्रदेश सभामा पठाउने निर्णय गरेको थियो। यी तीनवटै विधेयक पारित गर्ने प्रदेश सभा सचिवालयको तयारी छ।

यही असोज ६ गते बस्ने प्रदेश सभा बैठकको कार्यसूची तय गर्न असोज ५ गते दिउँसो ३ बजे प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ। बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो। सो बैठकबाट दुईवटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो। 

प्रकाशित: १ आश्विन २०८१ ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App