४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादीका अध्यक्ष दाहालसँग एमाले नेताहरूको भेट, के भयो कुराकानी ?

नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। 

बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको नेतृत्वमा काठमाडौं जिल्लाका नेताहरुले पूर्वप्रधानमन्त्री दाहाललाई भेटेका हुन्।

उपत्यकाका नदी किनारका जमिनबारे सर्वोच्च अदालतले गरेको आदेश र काठमाडौंका मेयरले जारी गरेको सूचनाबारे अध्यक्ष दाहालसँग कुरा गरिएको भट्टराईले बताए। 

दाहाललाई भेटपछि भट्टराईले सरकार भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहने दाहालले बताएको उल्लेख गरे।

यस्तै, यसअघि भट्टराई सहितका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यही विषयमा भेटेर छलफल गरेका बताइएको छ।

प्रकाशित: २० भाद्र २०८१ १७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App