२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

महामन्त्रीद्वय थाप र शर्माका प्रतिवेदनमाथि छलफल गर्दै सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन्।

महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल गर्न सभापति  देउवाले आफ्नै निवास बूढानीलकण्ठमा अहिले बिहान ११ बजे बैठक बोलाएका छन्।

छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मालाई बोलाइएको छ।

दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न देउवाले बैठक बोलाएका हुन्।

२३ साउन देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरू माथि छलफल भइरहेको छ।

गत फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जितसहित पारित गर्ने निर्णय गरेर प्रतिवेदनको निर्णय लिने अधिकार केन्द्रीय समितिलाई दिएको छ।

प्रकाशित: ११ भाद्र २०८१ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App