२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

गौरा पर्वको कार्यक्रममा नाराजुलुस भएपछि देउवा: बिथोल्नेहरुलाई ठिक पार्नुपर्छ

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गरेका छन्।  

सोमबार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए। सोही विषयमा बोल्दै उनले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताए।

उनले बिरोध गर्नेहरु पछाडि कसको हात छ र कुन तत्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताए। उनले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताए।

उनले भने, ‘सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत भारतको केही जिल्लाहरु आउनुभएको छ। आदरणीय दाजुभाई दिदिबहिनीहरु, यस्तै छ। यहाँ गौरा पर्व सुन्न आएकाहरु छन्। धेरै साथीहरु। देउडा खेल्न आएका छन्। गौरा पर्व सुन्न दिँदैनन्। न गौरा खेल्न दिन्छन्। यस्ता कार्यक्रम बिथोल्नेहरु यहाँ बसेका छन्। यसको पछाडि को छ, को तत्व छ, त्यसलाई यहाँका जनताले ठिक पार्नुपर्छ भन्ने मलाई विश्वास छ। आदरणीय दाजुभाई दिदिबहिनीहरु। अहिले यो गौरा पर्व जो छ, यो अत्यन्तै सुदूरपश्चिम, कर्णालीका जिल्लाहरुमा मनाइन्छ। यो अत्यन्तै महत्वपूर्ण चाडपर्व हो यसले यस्ता आयामहरुले हाम्रो देशलाई सुदूरपश्चिमको संस्कृति, कर्णालीको संस्कृतिलाई चिनाउन पनि गौरा पर्वले धेरै महत्व खेलेको छ।’

प्रकाशित: १० भाद्र २०८१ १७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App