२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भ्रष्टाचारीलाई पार्टीले नै जोगाएर राखे: नेता खतिवडा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले पार्टीभित्रका भ्रष्टाचारीहरूलाई पार्टीहरूले नै जोगाइराखेको आरोप लगाएका छन्।

सोमबार नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले देशका ठूलाठूला दलहरु कांग्रेस र एमालेभित्रै भ्रष्टाचारीहरू रहेको बताएका हुन्।

उनले ती भ्रष्टाचारीहरूलाई पार्टीले संरक्षण गर्न नहुने बताए। 'पार्टी सरकारमा रहेका बेला राज्य शक्तिको दुरुपयोग गरी आफनै पार्टीभित्रका भ्रष्टाचारीहरूलाई संरक्षण दिन हुँदैन, नेता खतिवडाले भने, भ्रष्टाचारीहरूलाई पार्टीले संरक्षण दिइरहेकै कारण पार्टीभित्र भ्रष्टाचारीहरूले ठाउँ पाइरहेका छन्।'

भ्रष्टाचारको फाइल विभिन्न समयहरूमा खुल्दै गरेको तर फाइल खोल्दै जाँदा आफ्नो पार्टी, आफ्ना मान्छे वा आफू परेपछि बन्द हुने गरेको उनको भनाई छ। पछिल्लो पटक निवर्तमान गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले निर्मला हत्याकाण्डको दोषीमाथिको छानबिन अन्तिम चरणमा पुगेको भन्दै निर्वतमान भए पनि त्यो छानबिन कहाँ पुग्यो जनतासमक्ष सार्वजनिक गर्न उनले अनुरोध गरे। नभए हावाको भरमा क्षणिक लोकप्रियताका लागि, सस्तो लोकप्रियताका लागि त्यसरी बोलेर नहिँड्न उनले आग्रह गरे।

प्रकाशित: १० भाद्र २०८१ १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App