४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणलाई अगाडि बढाउनुपर्छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएका छन्।

सहरी विकास मन्त्रालयले आइतबार आयोजना गरेको वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफलमा बोल्दै उनले वातावरण नाश नहुने गरी विकासको गतिलाई तीव्रता दिनुपर्ने बताए। त्यस्तै उनले विकास निर्माणको काममा ढिलाई हुने अव्यवहारिक कानुनी व्यवस्था हटाउनुपर्नेमा पनि जोड दिए। 

‘जलवायु परिवर्तनको कारण वातावरणमा ठूलो प्रभाव पारेको छ, यसलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ‘ देशको विकास निर्माणका क्रममा वातावरण मूल्याङ्कनले ढिलासुस्ती भयो भने हामीले धेरै मूल्य चुकाउनुपर्ने हुन्छ। विकास निर्माणमा भइरहेको ढिलाई कसरी समाधान गर्ने त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ।’

उपप्रधानमन्त्री सिंहले वातावरणीय अध्ययन मूल्याङ्कनमा हुने ढिलासुस्तीले आयोजना महँगो हुँदै गएको भन्दै जनशक्ति थप गरेर भएपनि काम समयमै सक्नुपर्ने बताए।  ‘समस्या मात्र देखाउनुभन्दा समाधान दिनतर्फ सबै विकाससँग सम्बन्धित मन्त्रालय लाग्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने। 

प्रकाशित: ९ भाद्र २०८१ १८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App