४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोसी सरकारका सय दिनको उपलब्धि सार्वजनिक

एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । तस्बिर: चुमन बस्नेत /नागरिक

कोसी प्रदेश सरकारले एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ ।शुक्रवार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश सरकारका एक सय दिनको उपलब्धि  ६० वटा बुँदामा व्याख्या गरी सार्वजनिक गरेका हुन् । 

 प्रदेश सरकारले एक सय दिनमा गरेका कामहरूबारे जानकारी दिंदै मुख्यमन्त्री कार्कीले सरकारले गुनासो व्यवस्थापन पोर्टल सुरु गरेको जानकारी दिए । प्रदेश सरकारले एक सय दिनमा शासकीय सुधारलाई प्राथमिकतामा राखेको बताए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दोस्रो आवधिक योजना स्वीकृत गरेको, प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याएको, विपद् व्यवस्थापन पोर्टल सञ्चालन गरेको, प्रदेशमा लगानी सम्मेलन गर्न आवश्यक नीतिगत व्यवस्था र बजेटको व्यवस्था गरिएको कार्कीले जानकारी दिए ।

 पर्यटन प्रबद्र्धनका लागि विभिन्न समितिहरू गठनको व्यवस्था गरिएको,२०८२ लाई कोसी पर्यटन वर्षका रुपमा मनाउने तयारी गरिएको, भेडेटारमा स्काई वाक निर्माण गरिएको मुख्यमन्त्री कार्कीले बताए । प्रदेशलाई पूर्ण खोप सुनिश्चित गरिएको, स्वास्थ्य स्वयंसेवीकाहरूलाई १ लाख रुपैयाँ बराबरको बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको, कार्कीले बताए । यस्तै पूर्वाधारतर्फ ५ वटा बहु वर्षीय सडक, ८ वटा पुल, १२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । यस्तै ४१.९किलोमिटर सडक कालोपत्रे गरिएको, ८३.१४ किलोमिटर ग्राभेल, ४७ किलोमिटर कच्ची सडक निर्माण गरिएको मुख्यमन्त्री कार्कीले बताए । 

फोटो क्याप्सन: 

प्रकाशित: ३२ श्रावण २०८१ १६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App