७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

डिडिसीबाटै दूधको भुक्तानी नपाएपछि सरकार गुहार्न किसान बाध्य

कोसी प्रदेशका किसान सरकार मातहतकै दुग्ध विकास संस्थान (डिडिसी) बाट दूधको भुक्तानी नपाएपछि सरकार गुहार्न बाध्य भएका छन्।

मर्मत तथा पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने निर्णय

कोसी प्रदेश सरकारले मर्मत तथा पुनः निर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

राहत पुनर्निर्माण कोष स्थापना गर्न माओवादीको माग

नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलले राहत तथा पुनः निर्माण कोष स्थापना गर्न माग गरेको छ।

उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईको आग्रह

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद्लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

सरकारमा सहभागी हुनेबारे कांग्रेसका प्रमुख सचेतक भन्छन्: ‘केही पनि थाहा छैन’

नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले कोसी प्रदेश सरकारमा सहभागी हुने बारेमा केही पनि थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

कोसी सरकारका सय दिनको उपलब्धि सार्वजनिक

कोसी प्रदेश सरकारले एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ ।शुक्रवार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश सरकारका एक सय दिनको उपलब्धि ६० वटा बुँदामा व्याख्या गरी सार्वजनिक गरेका हुन् ।

गरिबीको रेखा मुनिको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य

कोसी प्रदेशमा गरिबीको रेखामुनिको जनसंख्या १२ प्रतिशतमा झार्ने महत्वकाँशी लक्ष्यहित कोसी प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय आवधिक योजना तयार पारेको छ ।

वृत्ति विकासको माग राख्दै वन रक्षकहरू आन्दोलित

वृत्ति विकासको माग राख्दै कोसी प्रदेशका वन रक्षकहरू आन्दोलित भएका छन् । प्रदेश निजामती सेवा ऐनमा वन रक्षकहरूलाई आधारभूत तहमा राखेकाले वृत्ति विकास रोकिएको भन्दै वन रक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।

कोसी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

कोसी प्रदेश पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भएको घोषणा गरेका हुन्।

‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताएका छन् ।

कोसीका १४ जना उत्कृष्ट महिला उद्यमी पुरस्कृत

कोसी प्रदेशका १४ जना उत्कृष्ट महिला उद्यमी पुरस्कृत भएका छन्। शुक्रबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले विराटनगरमा कोसी प्रदेशका १४ जिल्लाका एक–एक जना महिला उद्यमीलाई पुरस्कृत गरेको हो।

लोडसेडिङ मैले पनि भोगिरहेको छु : मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोडसेडिङबाट पीडित हुनुपरेको गुनासो गरेका छन् ।

बजेटका नाममा सांसदलाई विभेद गरियो:नेता उद्धव थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कोसी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बजेटका नाममा सांसदहरूबिच सरकारले विभेद गरेको आरोप लगाएका छन्।

स्वास्थ्य बिमा दर्ता सहयोगीले थाले आन्दोलन

न्यूनतम तलब सुविधासहित विभिन्न माग राख्दै स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले आन्दोलन थालेका छन् ।स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले बिहीबार कोसी प्रदेशको मुख्यमन्त्रीको कार्यालयको गेटमा धर्ना दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्