सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले यादवको हत्यामा आरोपमा महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतोलाई पक्राउ गरेको हो ।
महतोलाई भारतबाट पक्राउ गरी नेपाल ल्याईएको बताईएको छ । उनले भारतीय सुटर प्रयोग गरी हत्या गराइएको आशंका गरिएको छ ।
गत फाल्गुन ३ गते सर्लाहीको मलंगवा नगरपालिका–१०स्थित डेरामा सब(इन्जिनियर यादवको गोली हानी हत्या गरिएको थियो ।
बुधबार प्रहरीले महतोमाथि अनुसन्धानका लागि १५ दिनको म्याद थप लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १४ फाल्गुन २०८२ १२:५३ बिहीबार





