२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सडक भासिँएकोप्रति बालेनको प्रतिक्रिया: खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन

काठमाडौं महानगरपालिका नजिकको सडक भासिँएको छ। सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ।

महानगरका मेयर बालेन्द्र साहले सडक भासिँएको भिडियो शेयर गर्दै काठमाडौँ महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरु गरेको बताएका छन्।

तर अदालतले केही समय सो काम गर्न रोकेको र पुन अदालतको आदेश पछि काम अगाडि बढाएको बताएका छन्। साहले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको पनि बताएका छन्।

सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्ने पनि उनले बताएका छन्।

मेयर साहले मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्ने बताउँदै खोलामाथि घर र बाटो बनाउन नहुने पनि बताएका छन्।

'यो टुकुचामाथिको बाटो हो । अझै केही घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरु गरेका थियौँ । अदालती कारणले केही रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ , उनले लेखेका छन्,  'सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात् खोला खोल्ने काम महानगरले तुरुन्त अगाडि बढाउनेछ। यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन।'

प्रकाशित: २५ श्रावण २०८१ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App