४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बुटवलबाट महराले हटाएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय आर्चायले ब्यूँताए

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले यसअघि बुटवलबाट हटाएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय पुनः सञ्चालनमा ल्याएका छन्।

बुटवल मिलनचोक स्थित सडक विभाग परिसरमा रहेको आन्तरिक राजश्व कार्यालयको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवास पुनः सञ्चालनमा ल्याइएको हो।

यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलमा सम्पर्क कार्यालय आवश्यक नभएको भन्दै हटाएका थिए। २०७४ सालमा तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको निवास रहेको भवनमा बुटवलबाट राजधानी दाङ सारीएपछि मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको थियो।

मुख्यमन्त्री बुटवल आउँदा सचिवालय र सुरक्षा टोली सहित होटलमा बस्नुपर्ने र खर्च पनि धेरै लाग्ने भएकाले सम्पर्क कार्यालय राखिएको बताइएको छ। सम्पर्क कार्यालयमा सचिवालयका एक जना कार्मचारी रहनेछन्।

मुख्यमन्त्री आर्चायले प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकार मातहतका केही कार्यालय तथा निर्देशनालय बुटवलमा रहेकाले कार्यसम्पादनमा सहजता ल्याउन सम्पर्क कार्यालय  राखिएको बताए।

हरेक शुक्रबार आफु बुटवल आउने र आइतबार बिहानसम्म बुटवलबाटै यस क्षेत्रका सेवाग्राहीलाइ सेवा दिने व्यवस्था मिलाइएको मुख्यमन्त्री आर्चायले बताए। मुख्यमन्त्रीको अनुपस्थितमा सचिवालयका कर्मचारी मार्फत आवश्यक  काम तथा सहजीकरणको व्यवस्था गरीने बताइएको छ।  

प्रकाशित: २० श्रावण २०८१ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App